विदेशी दूतावासलाई सेनाको पत्राचार कूटनीतिक मर्यादाविपरीत : ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे नेपाली सेनाले कूटनीतिक मर्यादाविपरीत विदेशी दूतावासलाई पत्राचार गरेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले सेना चर्चामा आउनुपर्ने संस्था नभएर पनि चर्चामा आएको बताए ।

उनले भने, ‘सेनाले सोझै विदेशी एम्बेस्सीसँग पत्राचार गर्ने कुरा, सेनाले एम्बेस्सीसँग पत्राचार गर्ने कुरा यी कूटनीतिक मर्यादा, प्रचलन केही अनुसार पनि भएन । र, त्यतिबेला प्रधानमन्त्री, रक्षामन्त्रीलाई कुनै कुरा अवगत पनि गराइएन । अब त्यसपछि यो विषय चुपचाप रह्यो । कसैले चर्चा गरेन । मैले भनिरहन पर्लाजस्तो लाग्दैन । संविधान जारी हुँदा प्रधानमन्त्री को हुनुहुन्थ्यो ?’

ओलीले आफ्नै पालामा एसपीपी अघि बढेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रमपूर्ण कुरा गरेको भन्दै आपत्ति जनाए ।

ओलीले आफू नेतृत्वको सरकारकै पालामा सो प्रोग्राम आएको र आफूहरुले अहिले आएर रद्द गराएको दाहालको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आएको बताए ।

उनले एमसीसी तत्कालीन प्रधानमन्त्री सुशील कोइराला रक्षामन्त्री समेत भएका बेलामा रक्षा मन्त्रालयको निर्णय अनुुसार नेपाली सेनाले अमेरिकी दुतावासलाई पत्राचार गरेको र आफू प्रधानमन्त्री भएपनि त्यसबारे थाहै नदिएको पनि पटक पटक दोहोर्‍याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर