विश्वविद्यालयहरुमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताएका छन् ।

मन्त्री पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउने काम सदाका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीले पठनपाठनसम्बन्धी उठाएका अन्य मागको सम्बोधन गर्न गम्भीर छलफल र संवाद भइरहेको बताए ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउन नहुने विषयमा सांसदले राखेको धारणा जायज रहेको प्रतिक्रिया दिए ।

पौडेलले सांसदहरुले तालबन्दीको विरोध गरेपछि त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयमा लगाइएको तालाबन्दी खुलेको पनि स्मरण गराए ।

मन्त्री पौडेलले विश्वविद्यालयको पठनपाठनमा अवरोध हुने खालका कुनै पनि गतिविधि राम्रो नभएको पटकपटक दोहोर्‍याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *