
माओवादी केन्द्रमा स्थायी कमिटी गठन गर्न माग


नेकपा (माओवादी केन्द्र) को सोमबारको बैठकमा केन्द्रीय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्ने माग उठेको छ ।
आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरुले आफ्ना भनाइ राखेका हुन् ।
सोमबारको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रया दिँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा केन्द्रीय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्ने माग उठेको बताए ।
उनले बैठकमा आज ४१ जना नेताहरुले भाग लिएको र स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माणबारेका बारेमा विशेष कुरा उठेको बताए ।
प्रवक्ता महराले केन्द्रीय कमिटीको अर्को बैठक मंगलबार बस्ने र बैठकमा अध्यक्ष दाहालले प्रतिवेदनमाथि उठेका प्रश्नको स्पष्टीकरण दिने बताए ।
- गठबन्धनले जति प्रयास गरे पनि एमालेलाई बहुमत ल्याउनबाट रोक्न सक्दैन : ओली
- शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार हुँदैन : मन्त्री पौडेल
- संस्थापक पक्षले टिकट वितरणमा मनपरी गरे त्यसकाे परिणाम गम्भीर हुन्छ : अर्जुननरसिंह केसी
- सरकारले प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम नगरे स्वास्थ्य बीमा थेग्न सक्दैन : गगन थापा
प्रतिक्रिया