कांग्रेसमा निर्वाचनसम्बन्धी विधेयकमाथि छलफल सुरु

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले निर्वाचन आयोगद्वारा प्रश्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल शुरु गरेको छ ।

मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकमा सो विधेयकको बारेमा छलफल प्रारम्भ गरिएको हो ।

उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको सो विधेयकको बारेमा पार्टीभित्र प्रारम्भिक छलफल शुरु गरिएको पार्टीका केन्द्रीय सदस्य मिन विश्वकर्माले जानकारी दिए ।

बैठकमा पार्टीको भातृ संस्थाको विधानमा एकरुपता ल्याउने विषयमा के भइराखेको छ भन्ने विषयमा पनि छलफल गरिएको थियो ।

पार्टीको अब बस्ने केन्द्रीय समिति बैठकमा त्यसलाई पारित गराउने गरी पदाधिकारी बैठकमा छलफल गरिएको पनि केन्द्रीय सदस्य विश्वकर्माले बताए ।

नेपाली काँग्रेसले तत्कालीन केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा गठित कार्यदललाई भातृ संस्थाको विधानमा एकरुपता ल्याउने जिम्मेवारी दिएको थियो ।

त्यसैलाई केन्द्रीय समितिबाट पारित गराउनुपर्ने भएकाले छलफल गरिएको केन्द्रीय सदस्य विश्वकर्माको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर