
पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान्छु : पर्यटनमन्त्री श्रेष्ठ


संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताएका छन् ।
बुधवार मन्त्रालयमा आयोजित पोखरा पर्यटन बसपार्क महानगरपालिकालाई हस्तान्तरण गर्दै मन्त्री श्रष्ठले यस्तो बताएका हुन् । पोखरा महानगरपालिकाले यसअघि नै पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने निर्णय गरिसकेको छ ।
सोही निर्णयलाई नेपाल सरकारबाट पारित गर्न संघीय पर्यटन मन्त्रालयमा बुझाएको थियो । जसमा पर्यटमन्त्री श्रेष्ठले पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने प्रश्ताव प्रक्रिया तत्काल थाल्ने बताए । मन्त्री श्रेष्ठले पोखरा पर्यटकको लागि एक गन्तव्य भएको भन्दै पोखरालाई व्यवस्थित र आकर्षण बनाउन आवश्यक रहेको उल्लेख गरे ।
त्यस्तै,पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकहरुको राजधानी बनाउनको लागि व्यवस्थित बनाउने काम तीव्ररुपमा अगाडि बढाउने बताए । उनले पर्यटक आउने पर्यटन बसपार्क अव्यवस्थित भएकाले अब पर्यटन बसपार्क व्यवस्थित बनाउने बताए ।
मेयर आचार्यले १८ रोपनी क्षेत्रफलमा फैलिएको पर्यटन बसपार्क करिब ८ करोडको लगानीमा निर्माण सम्पन्न भएर आजबाट त्यसको जिम्मेवारी महानगरलाई आएको बताए ।
मेयर आचार्यले पर्यटन बसपार्क निर्माणले पोखराको समग्र पर्यटन विकासका लागि ठूलो योगदान पुर्याउने बताए ।
- कलाकार र समाजबीच दरार उत्पन्न भइरहेको छ : नीर शाह
- प्रचण्डविरुद्धका रिट निवेदकको प्रश्न- ५ हजार मान्छे मार्नेले देशको प्रधानमन्त्री बन्न मिल्छ ?
- नवलपरासीको रामग्राम नगरपालिकामा फोहोरको व्यवस्थापन भएन, दुर्गन्धले स्थानीय मारमा
- प्रकृति भन्दैछ- मान्छेले आफ्नो कर्तव्य भुले पनि मैले भुलेको छैन (फोटो फिचर)
प्रतिक्रिया