
अटो क्षेत्रलाई चुरोट/रक्सीसँग दाँजियो : अध्यक्ष थापा


नाडा अटो मोबाइल्स एशोसिएशनका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल्स व्यवसाय बच्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले दुई दिनअघि आयोजना गरेको सुझाव संकलन कार्यक्रमा बोल्दै अध्यक्ष थापाले यस्तो सुझाव दिएका हुन् ।
उनले विगत ८/१० महिनादेखि अटो व्यवसाय ठप्प रहेको भन्दै अटो क्षेत्रलाई राहत दिने गरेर मौद्रिक नीति ल्याउनुपर्ने बताए । अध्यक्ष थापाले विगत १० महिनादेखि अटो व्यवसाय ठप्प हुँदा अटो व्यवसायीहरुले बैंकको कर्जा तिर्न नसक्ने अवस्थामा पुगेको बताए ।
उनले अटो मोबाइल्स सधैँ राज्यको टार्गेटमा पर्ने गरेको गुनासो गरे । अध्यक्ष थापाले सरकारले राजस्वको दर परिवर्तन गर्दा,राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदासमेत अटो मोबाइल्स क्षेत्रलाई उकास्ने किसिमको नल्याउने गरेको बताए ।
उनले सरकारलाई अटो मोबाइल्स क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्न सुझाव दिए । अध्यक्ष थापाले सरकारलाई राजस्व चाहिए पनि अटो क्षेत्रलाई खोज्ने, र आयातमा कडाइ गर्नु परे पनि अटो क्षेत्र खोज्ने अभ्यास भएको भन्दै अटो क्षेत्र चुरोट, रक्सीको क्याटागोरीमा राखिन थालेको गुनासो गर्नुभयो । उनले गाडीको हायर पर्चेज ७० प्रतिशतबाट ५० प्रतिशतमा झारेको, जोखिम भार ७५ प्रतिशतबाट १५० प्रतिशतमा पुर्याएको, एलसी खोल्दा १०० प्रतिशतसम्म मार्जिनका विषयमा मौद्रिक नीतिले परिमार्जन गर्नुपर्ने बताए ।
अध्यक्ष थापाले गाडीमा जोखिम भारको कारण बजारमा तरलता सहज हुँदासमेत फाइनान्स हुन नसक्ने अवस्था सिर्जना भएको बताए । उनले अहिले अटो व्यवसाय ७० देखि ८० प्रतिशतसम्म ठप्प रहेको जिकिर गरे ।
- नेपाल एकीकरणजस्तै आर्थिक समृद्धिको अभियान पनि गोरखाबाटै सुरु गरौं : चन्द्र ढकाल
- कलाकार र समाजबीच दरार उत्पन्न भइरहेको छ : नीर शाह
- प्रचण्डविरुद्धका रिट निवेदकको प्रश्न- ५ हजार मान्छे मार्नेले देशको प्रधानमन्त्री बन्न मिल्छ ?
- नवलपरासीको रामग्राम नगरपालिकामा फोहोरको व्यवस्थापन भएन, दुर्गन्धले स्थानीय मारमा
प्रतिक्रिया