बुद्ध एयरका संचालक अब आकाशबाट जमिनमा सक्रिय, पढौं उनीसँगको धानवार्ता

जो कोहीलाई पनि एउटा काममा हात हालेपछि अर्को नयाँ काम शुरु गर्दा अनेकन समस्या आउँछन् । किनभने हरेक मानिस एउटा क्षेत्रमा नै विज्ञ हुन्छ । त्यसैले पनि आफूले जानेको र बुझेको क्षेत्र बाहिर हात हाल्दा असफल भएका रेकर्ड धेरै छन् ।

तर वीरेन्द्रबहादुर बस्नेत भने एकपछि अर्को सफलतामा अघि बढेका छन् । अहिलेसम्मको कृषिकर्मले उनलाई खुशी र हौसला नै मिलेको छ ।

नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो वीरेन्द्रबहादुर बस्नेत । देशकै अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रवन्ध निर्देशक बस्नेतले वर्षौंदेखि जहाज सञ्चालक रहेर वायुसेवा क्षेत्रमा एउटा प्रतिष्ठा र पहिचान कमाए ।

उनै बस्नेत धानमिल अर्थात धान र खाद्य सुरक्षाको नयाँ क्षेत्रमा मोडिएका छन् ।

हुन त यो नयाँ क्षेत्र होइन, किनभने नेपालमा ६० प्रतिशत मानिस कृषि क्षेत्रमा नै आवद्ध छन् । तसर्थ पनि उनका लागि यो बिल्कुलै नयाँ क्षेत्र र काम होइन ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पनि उनले आफूलाई कृषिको बारेमा धेरै ज्ञान पहिलादेखि नै रहेको बताए । उनले कृषककै छोरो भएकोले यसमा भिज्न त्यति गाह्रो र नयाँजस्तो आफूलाई नलागेको उनको भनाइ छ ।

राज्यको समृद्धि विकासका लागि कृषि पेशालाई व्यवस्थित र उकास्नु बाहेक अर्को विकल्प नरहेको उनको बुझाइ छ । कृषि पेशाप्रति आइरहेको विकराल नैराश्यतालाई फालेर कृषि नै देशका लागि अपरिहार्य र महत्वपूर्ण पेशा बनाउने उनको चाहना छ । कृषिलाई निर्वाहमुखीबाट औद्योगीकरण वा व्यवसायीकरण गरिनुपर्ने भन्दै उनले बुद्ध एयरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) अन्तर्गत व्यवसायिक कृषिमा लगानी गरेको बताए ।

२०६९ सालमा नेपाल कृषि कम्पनी स्थापना गरी बुद्धले मोरङका विभिन्न स्थानीय तहमा धान खेतीको व्यवसायीकरण र यान्त्रीकरणमा लगानी गरिरहेको बुद्धले अब कृषकले उत्पादन गरेको धानलाई चामलमा परिणत गरी बजारमा पठाउने तयारी गरेको छ ।

बुद्धले मोरङको बेलबारी नगरपालिकास्थित डाङ्गीहाटमा ‘आरजु राइस मिल’ स्थापना गरेको छ । मिलमा अहिले उपकरण जडानको कार्य धमाधम चलिरहेको छ । यसै सन्दर्भमा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतसँग धानमिल अर्थात धान र खाद्य सुरक्षाको बारेमा कुराकानी गरेको हो ।

यस्तो छ सम्पादित अंश ।

वर्षौंदेखि जहाजको सञ्चालक रहेर वायुसेवा क्षेत्रमा एउटा प्रतिष्ठा जोडिएको व्यक्ति धानमिल अथवा धान र खाद्य सुरक्षाको कुरागर्ने बाटोमा मोडिनुभएको छ, खास कुरा के हो ?

यो जिन्दगीको फिलोसपीसँग जोडिन्छ । किनभने कुन व्यक्तिले कुन काम गर्ने एउटा आफ्नो जीवनको फिलोसपी के गर्न चाहन्छु , के गर्छु भन्ने विषयसँग जोडिएको हुन्छ । वायुसेवामा चुलो बाल्ने साधन हामीले सिर्जना गर्‍यौं । सफल नै छ र राष्ट्रिय उद्योग राष्ट्रिय अर्थतन्त्रमा ठूलो सेवा पुर्‍याएको छ । योगदान पनि गरेको छ । त्यसमा दुई मत नै छैन । तर राज्यको समृद्धि के हामीले सफलतालाई स्थिापित गर्नसक्छौं कि सक्दैनौं । एउटा कुरालाई हामीले सफलताका साथ पूरा गर्नसक्छौं की सक्दैनौं । जुन नेपालीहरुमा डिसइन चाण्डमेण्ट हामी नेपालीहरुमा बिस्तारै मौलाएर फैलिरहेको छ । त्यसलाई अर्को गन्तव्य (ट्रान्जिट) मा लिएर जानसक्छौं की सक्दैनौं भन्ने चेष्टा ठूलो कुरा हो जस्तो लाग्छ मलाई । हरेक एक व्यक्ति एउटा स्थानमा पुग्छ । त्यसले योगदान गर्नसक्छ । उसले योगदान गर्ने कुरालाई सोच्नुपर्छ जस्तो लाग्छ । आखिरमा गएर माटोमा नै विलय हुने हो । माटोमा विलय हुनुभन्दा अगाडि समाज,देश र भावी सन्ततीको लागि केही योगदान गर्न सकिन्छ कि सकिँदैन भन्ने सोचले जिन्दगीको गन्तव्य सिर्जना गर्छ जस्तो लाग्छ ।

धान नै किन रोज्नुभयो ?

धेरै वटा कारणले धान रोजेको हो । पहिलो कारण युद्ध एयरलाइन्स खोल्नु अगाडि धानमा परिचित,धान उत्पादनमा नै खाइखेली आएको व्यक्ति हो । दोस्रो कुरा नेपालको सफलता न्यायसंगत व्यवसाय के हुनसक्छ भन्दा त्यो कृषि नै हो । किनभन्दा अहिले पनि हामी कृषिप्रधान देश भनेर चिन्छौं । हाम्रो जमिन जति छ, त्यो कृषिको लागि न्यायसंगत रुपमा रहेको छ । दुई विगाह तीन विगाहको भू–स्वामित्व रहेको छ । त्यो भनेको त्यसको अवसर त्यसको सम्भाव्यता भनेको जति उत्पादन हुन्छ । धेरै मान्छेले त्यसबाट फाइदा लिन सक्छन् । त्यसलाई हामीले निर्वाहमुखीबाट औद्योगीकरण वा व्यवसायीकरण ग¥यौं भने अझ राम्रो हुन्छ । त्यस्तै धान अनस्टेवल डाइट हो । हरेक नेपालीले वर्षमा सरदर १४० केजी खान्छौं । नेपालमा ५० अर्बको धान आयात गर्छौं । त्यो आयात हुने धानलाई रोक्नसक्यौं र आफैँ आत्मनिर्भर हुनसक्यौं भने त्यसले सक्सेस स्टोरी क्रिएट गर्छ । त्यस कारण हामीले धानमिल नभएर किसानले धानको बीउ राखेदेखि उत्पादन गरेर उपभोक्ताले भात खाउन्जेलसम्मको जुन भ्यालुचेन हो । भ्यालुचेन हामीले सबैलाई ठिकसँग सञ्चालन गर्न सक्यौं, ठिकसँग डेलिभरी गर्नसक्यौं । न्यायोचित र कम खर्च कम आम्दानीलाई बढाउनसक्यौं भने सफलताको कथा हुनेछ । त्यसले हरेक नेपाली वा युवा पिढीलाई प्रोत्साहित गर्नेछ ।

तपाईंले गरिरहेको काम कसरी शुरु भयो र कसरी उपभोक्ताको चुलोसम्म आइपुग्छ, त्यसमा जोडिने अवयव, बजार व्यवस्थापन सबै गर्दा एउटा साइकलमा कसरी आउँछ ?

अहिले नेपालमा धेरै मोटो धान उत्पादन हुन्छ । अधिकांश मोटो धान उत्पादन हुन्छ । किनभने मसिनो धानको बजार व्यवस्थित भएको छैन । मसिनो धानलाई मिलिङ गर्ने इक्युटमेण्टहरु नै हाम्रो देशमा छैन । मिलहरुको त्यो खालको इक्युटमेण्ट छैन । त्यसले गर्दा मोटो धान उत्पादन हुन्छ जसको चामलको मूल्य ४० देखि ५० रुपैयाँ हुन्छ । धानको मूल्य एकदमै थोरै हुन्छ । धानको मूल्य ठिक नहुने भएकाले हामी निर्वाहमुखी खेतीपातीबाट माथि उठ्न नै सकेका छैनौं । नेपालको सबैभन्दा धेरै उत्पादन र खेती हुनेपनि धान नै हो । त्यसले गर्दा त्यो भिसेफ साइकललाई कसरी ब्रेक गर्ने भन्ने एउटा हाइफोथसिस सिर्जना गर्नु अति जरुरी थियो । हामी करिब १५ वर्षदेखि हामी यसमा लागि रहेका छौं ।

बुद्ध एयरको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत यसमा धेरै वटा कामहरु र अनुभवहरु गरिरहेका छौं । हामीले के बुझ्यौं भने एउटा स्टेटअफ आर्ट राइस स्थापनाको लागि लगानी गरेर सञ्चालन नगरी हामीले भिसेफ साइकल ब्रिक नै गर्न नसक्ने भयौं ।

किनभन्दा हामीले मसिनो धान पनि उत्पादन गरिहेका छौं । किसानहरुले लङ्ग्रेन ६.५ एमएमको धानबाट चामल उत्पादन गरे खरिद गरिरहेका छौं । त्यो धान हामीले पाँच वर्ष अगाडि नै किसान माझ ल्याएका हौं । तर त्यसको प्रिमियमको सट्टा रिटार्डेशन भयो ।

चलनचल्तीको भन्दा कम मूल्यमा किने मिलहरुले । किनकी त्यो धान मिलिङ गर्दा कुडिन्थ्यो । कनीका बढी निस्किन्थ्यो । त्यस कारण एउटा स्टेर्टअफ आर्ट राईस स्थापना गर्नुपर्ने हाम्रो दायित्व भयो । त्यस कारण हामीले राइस मिल खोल्यौं ।

किसानहरुले धानको मूल्य राम्रो पाए मात्रै मोटिभेट हुन्छन् । हामीले चैते धानको न्यूनतम ७ सय ५० रुपैयाँ तोकेका छौं । जहाँ चलनचल्तीमा ६ रुपैयाँमा खरिद हुन्छ ।

खरिद भएको रकम ३ चार महिना लगाएर स्थानीय गल्लाहरुले स्थानीय किसानहरुलाई दिन्छन् । तर त्यसमा हामीले धानको न्यूनतम ७ सय ५० रुपैयाँ मनको र २ दिनभित्रमा पेमेन्ट गरौं । जुन विगतको प्रक्रिया थियो त्यसको अन्त्य गर्‍यौं । तर यसमा किसानलाई यसमा आकर्षण गर्न धेरै गाह्रो पर्‍यो । त्यस कारण १५ सय टनको प्रोजेक्सन गरेर गएको ५ सय टन मात्रै स्थापित गर्नसक्यौं ।

किसानले जोखिम कम लिन्छन् । सानो सानो चाक्लामा खेती गरिरहेको हुन्छ । उनीहरुलाई स्थानीय गल्लावालाहरुले भाडिदिए । हामीले सबैको रोजीरोटीमा ब्रेक लगाउने भयौं । यो वर्ष हामीले स्थापित गरौं । उत्पादकत्व पनि बढ्यो । विगतमा कठ्ठाको ४ मन फल्ने अथवा ५०/६० मन कठ्ठाको फल्नेमा यो वर्ष सरदर १३० मन फल्यो । राम्रो खेती गर्नेले १६० मन पनि फलाए । हाईब्रिड धानलाई राम्रोसँग खेती गरे १६० मन यो धान फल्ने भयो । यो चार महिनामा एक लाख रुपैयाँ नेट फाइदा आयो । एक विगाहमा चार महिनामा एक लाख रुपैयाँ फाइदा भनेको राम्रै फाइदा हो । त्यो यहाँ स्थापित गरायौं । अब मंसिरको धानमा ३० रुपैयाँ बढाएर १२ सय रुपैयाँ मनको स्थापित गर्‍यौं ।

घनश्याम भुसाल कृषिमन्त्री हुँदा धेरै प्रयास गरेर न्युनतम सर्पोट मूल्य १९ रुपैयाँ राख्नु भएकोमा हामीले ३० रुपैयाँ दियौं । त्यसमा अहिले हामीलाई धान बिक्री गर्न सिरहा देखिका किसानहरु बढ्यो उत्साहित छन् । अब मुख्य हाम्रो चुनैती के हो भने नेपाली धान खरिद गर्ने हो । भारतीय गल्लाबाट धान नेपाल ल्याएर प्रशोधन गरेर बिक्री गर्ने होइन ।

नेपाली धान खरिद गरेर उत्पादन नगरे ठूलो लगानी लगाएर मिल स्थापना गरेको अर्थ नै भएन । अगनी र चैते दुईवटै धानमा सोचे जस्तै सफलताका साथ समय अनुकूल(टाइमलाइन)मा काम गर्दै अगाडि बढेका छौं ।

अर्को हाम्रो जस्तो मिल स्थापना गर्दा यो भण्डारणको पक्षमा वर्षको एकै पटक धान किनेर राख्दा धेरै स्थान ओगट्ने चैते धान ६ महिनामा नभए पनि एक तिहाई चैते धान र दुई तिहाई अगने धान भण्डारण गर्ने र खपत गर्ने व्यवस्थित रुपमा जाँदा व्यवस्थापन खर्च कम लाग्छ । भविष्यमा धान मकै र भटमाससँगै व्यवस्थापन गर्नुपर्छ ।

भण्डारण गर्ने ढवाङ्हरु साढे ३ हजार टनका छन् । त्यसको व्यवस्थापन पनि त्यसरी नै हुन्छ । त्यहाँ सबै भन्दा ठूलो लगानी पिकक्युलयन र डायरमा गरेका छौं किन भने उत्पादन भएर आउने बितिकै आउने धान वा मकैको नमि एकदमै धेरै हुन्छ । धानलाई १३ प्रतिशतमा झारेर भण्डारण गर्नुपर्छ र मकैलाई ३० प्रतिशतबाट १५ प्रतिशतमा झारेर भण्डारण गर्नुपर्छ । त्यो सबै गर्ने इक्युपमेण्ट राखेका छौं मिलको सबै भन्दा ठूलो खर्च हो ।

त्यसको प्रयोग वर्षको तीन पटक प्रयोग हुने भयो । मिल अप्टिमाइल हिसावले सञ्चालन गर्दा यी सबै कम्पोमेण्टहरु चैते,अगने धान र मकै स्थापित हुनुपर्‍यो । मकै स्थापित हुने बित्तिकै दानामा जाने भयो । धानबाट आउने कनीका पनि दानामा प्रयोग हुन्छ । उत्पादनको भ्यालुचेन यो हो । बिक्री वितरणको क्षेत्रमा चामलको लागि अनलाइनको व्यवस्था गर्नुपर्छ । ग्यास पानी जस्तो महिनामा २० देखि ३० केजी चामल प्रयोग गर्छन् । त्यो खालको बजारीकण योजनामा जानुपर्छ । यो विशुद्ध नेपाली चामल हो । २० देखि २५ रुपैयाँ रिटेल मूल्य कम गरेर दिन्छौं ।

उत्पादन गर्ने क्षेत्र र किसानहरु दिगोपनामा राइस मिलले निरन्तरता दिनेभयो, तपाईंले भन्नुभए अनुसार बजारीकण गर्ने अनलाइन सेवा दिने कुरा आयो, किसानहरुलाई डिजिटल फर्ममा कसरी जोड्ने खर्च पनि बढी नै लाग्छ, यसलाई कसरी जोड्नु हुन्छ ?

राइस मिल किसानहरुको माझमा लगेर स्थापना गरेका छौं । खेती किसानीको बीचमा लगेर मिल स्थापना भएको छ । त्यस किसानलाई दिने दिगोपन र वरपरको धान,मकै खरिद गर्नु प्रमुख लक्ष्य हो भन्ने कुरा स्थापित भइसकेको छ । ३५ सय बिगाह, अगनी धान उत्पादन हुने र २४ सय बिगाह चैते धान उत्पादन हुने जमिन गरी ५५ सय बिगाहको क्यासमेन्ट हो । बेलबारी नगरपालिकामा मिल राखेका छौं । त्यहाँ खेतीयोग्य जमिन १० हजार बिगाह भन्दा बढी छ । हामीले बेलबारीकै धान उठाइसक्दैनौं । मकै पनि २० हजार बिगाहमा होला । त्यहाँ मकै पनि खरिद गरिसक्दैनौं । जुन मिले ग्यारेन्टी गरेको छ त्यो स्थापित हुन्छ । जुन टेक्नोलोजी ट्रान्सफोरको कुरामा अहम छ । हामी किसानकै माझमा बसेर धानमिल सञ्चालन गर्ने भएकाले किसान समूह बनाउनुपर्छ भनिरहेका छौं ।

यसमा विकासमा तीन वटा खराब कुराहरु छन्, जुट,उखुको संरचना बने र मनोपोली रुपमा चल्दा किसानहरु मारमा परेका छन्, अब तपाईले धानको मिल खोलेपछि सबैले खोल्नेछन् । अनि त्यस्तै मनोपली भएर किसानले दुःख पाउने त होइनन्, धेरै उदाहरण भएकाले शंका जन्माएको छ ?

हामी यसलाई बिस्तारै स्टेप स्टेप रुपमा लिएर जाने तयारीमा छौं । पहिला राइस मिललाई स्थिापित गरेर २० हजार धान र १० हजार टन मकैलाई प्रशोधन गर्ने हो । त्यसको ब्यालेन्स सिटमा जुन प्रक्षेपणमा नाफा आएको छ । व्यवहारिक रुपबाट स्थापित गर्ने । पैसा देखिनुप¥योे । त्यसलाई किसानको लगानी र स्थानीय समुदायको लगानीको रुपमा बिस्तारै यही मोडालिटिमा बिस्तार गर्दै जाने तयारी हो । किसानहरुले त्यसमा ओनरसिप खोजेको खण्डमा त्यसलाई डाइलोड गरेर उद्यमीहरुले २५ प्रतिशत भन्दा बढी लगानी राख्ने पक्षमा छैनौं । मिलको स्वामित्वको २५ प्रतिशत । मनोपली भन्ने कुरा नभएर सबैको सहभागिता लगानी गर्न पाउने अवस्था हुनुप¥यो । हामीले यो मिललाई स्थापित बनाउन सक्यौं भने पाँच वर्षमा हामी चामलमा आत्मनिर्भर हुन्छौं । मैले शाखा खोलेर नभई नयाँ कसैले कुनै अर्को जिल्लामा वा अर्को स्थानमा खोल्छ भने यस्तो तरिकाले गर्ने भनेर सिकाउने योजनामा छु ।

कुनै न कुनै हिसावले सरकारको नीति र सरकारले चिन्नुपर्छ भनिन्छ, अहिले अन्य व्यवसायीहरुले सरकारले नीति बनाएर पनि व्यवसायी मैत्री बनाउने भन्ने काम गर्‍यो तर व्यवसायीलाई सहयोग गरेन भन्ने गरेका छन् । तपाईहरु यो विषयमा कसरी अगाडि बढ्नुभएको छ ?

प्रदेश एकको कृषि मन्त्रालय एकदमै प्रोएक्टिभ छ । त्यहाँको कृषि मन्त्रालयले पूरा सहयोग गरिहको छ । केन्द्र सरकारको परिपक्षमा भन्नुपर्दा स्थानीय स्तरबाट नै यो कार्यलाई सफल बनाएर गएपछि केन्द्र सरकारले अनुशरण गर्ने भन्ने अन्य केही रहँदैन जस्तो लाग्छ ।

अहिले भएको प्रविधि भन्दा कस्तो हो, यो प्रविधिले लगानी र उत्पादनको हिसाब कसरी लाभग्राही छ ?

जुन धान प्रशोधन गर्ने प्रविधि रहेको छ । त्यो प्रविधिको उच्चतम प्रविधि प्रयोग गर्दा मात्रै धेरै फाइदा हुन्छ । त्यसले अर्थतन्त्रको स्केल तय गर्छ, उत्पादन गर्दाको खर्च घटाउँछ । नेपालमा अन्य राइस मिलहरुको प्रविधि कस्तो हो थाहा छैन । पहिलो पटक राइस मिल खोल्दैछु । अरुको राइस मिल हेरेको छैन । राइस मिलको दुई वटा टेक्नोलोजी हो एउटा भुलर र अर्को जापनीज टेक्नोलोजी हो । दुवैलाई कम्प्युटर गर्‍यौं । भुलर तुरुन्तै आयो । भुलर स्वीज मल्टिनेशनल टेक्नोलोजी हो । यो टेक्नोलोजी फुड ग्रेन म्यानेजमेण्टमा संसारको उच्चतम टेक्नोलोजी हो । उनीहरुको धान मिलको राम्रो टेक्नोलोजी ल्याएका छौं ।

यति गरेपछि बजारको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

चामल निस्किसकेपछि तुलना गर्छौं । भविष्यमा चामलका उपभोक्तालाई तुलना गर्ने ठाउँ चाहिन्छ । हाम्रो चामल भर्सेस बजारमा भएको त्यही गुणस्तर मूल्यको चामलाई तुलना गर्छौं । हाम्रो मार्केटिङको अहम पाटो त्यही हुनेछ । हामीले धानको चामल प्रशोधन र मकैको दानासहित गरेर ५० करोडको लगानी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *