ओली र सीपीसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियान छाओबीच भेटवार्ता भएको छ ।

मंगलवार पूर्व प्रधानमन्त्री ओली निवास बालकोटमा भएको भेटवार्ता भएको हो । भेटका क्रममा विदेश विभाग प्रमुख लिउले क्षेत्रीय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिमा आइरहेको बदलावका बारेमा विशेष छलफल गरेका थिए ।

छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै नेपका एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले दुवै पक्षबाट पारस्परिक हित र लाभका आधारमा सम्बन्ध अघि बढाउने आधार र मान्यताहरु अघि बढाउने बारेमा छलफल भएको बताए । उनले भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले चीनले नेपालको विकासलाई निरन्तर रुपमा अघि बढाउन चाहेको उल्लेख गरेको पनि प्रमुख भट्टराईले बताए ।

ओलीले विगतदेखिको एक चीन नीति र नेपाली भूभाग चिनियाँ वा अरु कुनैपनि मित्र राष्ट्रका बिरुद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता जनाउने उल्लेख गरेका थिए ।

ओलीले आगामी दिनमा पनि अहिलेझैँ नेपाल र चीनको सम्बन्ध सुमधुर बनाएर जाने प्रतिवद्धता व्यक्त गरेका थिए ।

भेटमा नेपालको कम्युनिष्ट पार्टीहरुको मिलाप र एकीकरणको कुरा आन्तरिक कुरा भएकोले चीनले यसमा कुनै धारणा नराख्ने चिनियाँ पक्षले स्पष्ट पारेको छ ।

आइतबार ४ दिने नेपाल भ्रमणमा आएका विदेश विभाग प्रमुख लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेका छन् ।

विदेश विभाग प्रमुख लिउ बुधवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने र भोलि बेलुका नै स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर