११.६८ अंकले बढ्यो नेप्से परिसूचक

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

नेप्से परिसूचक पछिल्ला समय निरन्तर रुपमा उतारचढाव हुँदै आइरहेको छ । मंगलबार नेप्से परिसूचक ११.६८ अंक बढेर १९२७.२८ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंकले बढेको छ ।

मंगलबार कारोबारमा आएका २२६ कम्पनीको ४९ लाख ६७ हजार कित्ता शेयर १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

सोमबारको तुलनामा मंगलबार कारोबार रमकमा गिरावट आएको छ । सोमबार २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

मंगलवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेका छन् । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी १.६५ प्रतिशत बढेको छ ।

वित्त उपसमूहको परिसूचक १.३९ प्रतिशत, जलविद्युतको १.३८ प्रतिशत, व्यापारको १.३७ प्रतिशत र उत्पादन तथा प्रशोधनको १.३६ प्रतिशत बढेको छ ।

नेप्सेसँगै सप्तकोशी डेभलपमेण्ट बैंकको शेयरमूल्य सबैभन्दा बढी ९.३५ प्रतिशत बढेको छ । एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।

यता नयाँ सारथी लघुवित्तको शेयरमूल्य यसदिन सर्वाधिक ४.६५ प्रतिशत घटेको छ । अरुण काबेली पावर कम्पनीले मंगलवार ७ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *