गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्म लैजानुपर्नेमा कांग्रेस केन्द्रीय सदस्यको जोड

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले गठबन्धनलाई आगामी संघ र प्रदेशको निर्वाचनसम्म लैजानुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्यहरुले नेपाली कांग्रेसले विजय हासिल गर्नुमा गठबन्धनले मद्दत गरेको बताएका हुन् ।

उनीहरुले गठबन्धनले समग्र परिणाममा राम्रो गरेकाले अगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने धारणा राखेका हुन् ।

नेताहरुले समानुपातिक निर्वाचन प्रणाली भएका कारण पनि गठबन्धन गर्नुको विकल्प नभएको धारणा राखेका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

त्यस्तै विगतको गठबन्धनबाट पाठ सिकेर साउन भित्रैमा गठबन्धनको विषयमा टुंगो लगाउनुपर्ने र भाद्र महिना भित्रैमा पार्टीको टिकटको टुंगो लगाइसक्नुपर्नेमा नेताहरुले जोड गरेको प्रवक्ता महतले जानकारी दिए ।

उनले नेताहरुको पार्टीप्रतिको असन्तुष्टि र फरक मतहरु बाहिर नराख्न नेताहरुलाई आग्रह गरिएको बताए । उनले असन्तुष्टिहरु पार्टी बैठकमा राख्न आग्रह गरिएको जानकारी दिए ।

उनले पार्टी एकतावद्ध रहेको सन्देश दिनका लागि सबै विषय बैठकभन्दा बाहिर राख्नु नहुने बताए । त्यसैगरी कोभिड–१९ को व्यवस्थापन गर्न सफल भएको र सन्तुलित विदेश निति सञ्चालन गर्न सफल भएको उनले दाबी गरे ।

पार्टी केन्द्रीय समिति बैठकमा नेताहरुले महंगी नियन्त्रण गर्न र मलको सहज आपूर्तिका लागि सरकारले तदारुकता देखाउनुपर्ने माग गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर