
स्वतन्त्रहरु देशलाई पछि लैजाने तत्व हुन् : प्रचण्ड


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले वैज्ञानिक बहसको नेतृत्व र आन्दोलन गर्न पछि फर्काउने तत्व प्रवृत्ति हाबी हुने दाबी गरेका छन् ।
बिहीवार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले स्वतन्त्र भनेर राजनीतिमा आएका केही व्यक्ति स्वतन्त्र नभई विभिन्न नाममा देशलाई पछि लैजाने तत्व भएको दाबी गरे । अध्यक्ष दाहालले अहिले स्वतन्त्र र व्यक्तिगत भन्ने कुनै मानिस नरहेको उल्लेख गरे ।
उनले नेपालमा वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट अझै एक ठाउँमा हुन आवश्यक रहेको बताए ।
अध्यक्ष दाहालले जनताको अधिकार खोस्ने र सीमित वर्गको हातमा अधिकार केन्द्रित गर्ने तत्वलाई परास्त गर्न आईटी, इन्जिनियर, वैज्ञानिकहरु र समाजलाई नयाँ बनाएर विकास समृद्धि र सभ्यताको नयाँ यात्रा शुरु गर्न आवश्यक रहेको बताए । उनले नेपालमा विज्ञानको प्रयोग सचेत रुपले हुन नसकेको पनि स्पष्ट पारे । अध्यक्ष दाहालले विज्ञानमा आधारित भएकै कारण नेपालमा क्रान्तिहरु सफल भएको दाबी गरे ।
अध्यक्ष दाहालले अहिलेसम्म जनस्तरबाट भएका क्रान्ति कम्परमाइजका कारण राजनीतिक रुपमा पूर्ण हुन नसकेको बताए । उनले अहिलेको समाज नयाँ बाटोतिर जान नदिने भएकोले यसलाई तत्काल वैज्ञानिक समाजमा लैजान नसकिने बताए ।
- शेयर बजारको ओरालो यात्रा : नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट
- आमनिर्वाचनमा सेवानिवृत्त सुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राख्न आयोगको सुझाव
- नागरिकता विधेयक प्रमाणीकरणमा जसपाको प्रश्न : राष्ट्रपति राष्ट्रको हुन्छ कि कुनै पार्टी विशेषको ?
- वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन हुन्छ : मन्त्री कुवँर
प्रतिक्रिया