
१४.७१ अंकले बढ्यो नेप्से परिसूचक


पछिल्लो तीन दिनदेखि निरन्तर रुपमा नेप्से परिसूचकमा वृद्धि भएको छ ।
गत मंगलबारदेखि बढ्न थालेको नेप्से बिहीबार पनि निरन्तरता पाएको छ । बिहीबार नेप्से परिसूचक १४.७१ अंक बढेर २००१.५३ बिन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंकले बढेको छ ।
बिहीबार कारोबारमा आएका २२० कम्पनीको ६२ लाख १० हजार कित्ता शेयर २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
बुधवारको तुलनामा नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको थियो ।
नेप्सेका १३ उपसमूहमा १३ वटै उपसमूहको परिसूचक बढेका छन् । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी २.०४ प्रतिशत बढेको छ ।
वित्त र लघुवित्तको शेयरमूल्य १ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी अन्य उपसमूहको परिसूचक शून्य प्रतिशत भन्दा माथिले बढेका छन् ।
बिहीबार एनआईबिएल प्रगति फण्डको इकाई मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
त्यस्तै, प्रभु सेलेक्ट र अपर तामाकोशीको मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने बोटलर्स नेपाल तराईको मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । तर यता ग्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य ५.०१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा एनआईसी एशिया बैंकले ३० करोड १८ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ । अपर तामाकोशीको यस दिन १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
- कलाकार र समाजबीच दरार उत्पन्न भइरहेको छ : नीर शाह
- प्रचण्डविरुद्धका रिट निवेदकको प्रश्न- ५ हजार मान्छे मार्नेले देशको प्रधानमन्त्री बन्न मिल्छ ?
- नवलपरासीको रामग्राम नगरपालिकामा फोहोरको व्यवस्थापन भएन, दुर्गन्धले स्थानीय मारमा
- प्रकृति भन्दैछ- मान्छेले आफ्नो कर्तव्य भुले पनि मैले भुलेको छैन (फोटो फिचर)
प्रतिक्रिया