ओली सरकार हटाउन विदेशीको साथ थियो : उपेन्द्र यादव

सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताएका छन् ।

पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहेका यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट हटेको खुलासा गरेका हुन् ।

नेपाल–चीन हिमालयन मैंत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौति र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपालको राजनीतिक कतैन कतै भूराजनीतिक प्रभाव देखिँदै आएको पनि स्पष्ट पारे ।

यादवले राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भए पनि नेपालमा भने बाह्य प्रभाव पनि सँगै जाडिएर आउने गरेको पनि उल्लेख गरे ।

अध्यक्ष यादवले सरकारले रुस–युक्रेन युद्धमा युक्रेनलाई साथ लिएर गल्ती गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

दुई ठूला छिमेकी मुलुक भारत र चीनले सो सम्बन्धमा तटस्थताको नीति लिएको बेला नेपालले भने युक्रेनको पक्ष लिएर गल्ती गरेको उनको भनाइ थियो ।

मुलुकको सार्वभौमिकताको रक्षा गर्न पनि भूराजनीतिकले प्रभाव पार्ने भएकाले त्यसमा सचेत भएर अघि बढनुपर्ने अध्यक्ष यादवले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *