कम क्षति हुने गरी सत्तारुढ दलबीच गठबन्धन हुनुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीलाई कमभन्दा कम क्षति हुने गरी सत्तारुढ दलहरुबीच प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा गठबन्धन गर्नुपर्ने बताएका छन् ।

शनिबार भरतपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता कोइरालाले यस्तो भनाइ राखेका हुन् ।

त्यस सम्बन्धमा केन्द्रीय समितिमा व्यापक छलफल भइरहेको र त्यसले आवश्यक निर्णय लिने उनको भनाइ थियो ।

नेता कोइरालाले पार्टीको विधान अनुसार अझै केन्द्रीय कोषाध्यक्षसमेत चयन गर्न नसकेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश समेत व्यक्त गरे ।

उनले पार्टीलाई विधि र विधानमा हिँडाउन नेतृत्वलाई सचेत गराउने काम आफूहरुले गरिरहने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर