नेप्से परिसूचक १८.०३ अंकले वृद्धि

पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि हुँदै आएको नेप्से परिसूचक साताको दोस्रो दिन दोहोरो अंकले वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो दिन झिनो अंकले बढेको नेप्से परिसूचक सोमवार १८.०३ अकंले बढेर २०२९.४३ बिन्दुमा पुगेको छ ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.१५ अंकले बढेको छ ।
सोमवार कारोबारमा आएका २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता शेयर १ अर्ब ३१ करोड ९६ लाख २९ हजार ९६० रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्से बढेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । आईतवार १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ४.९३ प्रतिशत बढेको छ ।

त्यस्तै, अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा, जीवन बीमा, लगानी, जलविद्युत र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार र मेन्युल फण्ड उपसमूहको परिसूचक घटेको छ ।

नेप्से बढेसँगै बरुण हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, इमर्जिङ्ग नेपालको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने चन्द्रागिरी हिल्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ ।

कारोबार रकमका आधारमा ९ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ भने एशियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर