आयोगको सिफारिस कार्यन्वयन नहुँदा मानव अधिकार उल्लंघनका घटना बढेः अध्यक्ष

राष्ट्रिय मानव अधिकार आयोगले फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई गरेको सिफारिस कार्यान्वयन गराउन संसदीय समितिको ध्यानाकर्षण गराएको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समितिले सरकारलाई कानून कार्यान्वयनमा निर्देशन दिन अनुरोध गरे ।

अध्यक्ष मगरले आयोगले मानव अधिकार उल्लंघनका घटनामा संलग्न र कसुर देखिएकालाई कारबाही गर्न सरकारलाई सिफारिस गरेपनि वास्ता नगरेको गुनासो गरे ।

आयोगका अध्यक्ष मगरले सिफारिस भएका विषयमा सरकारले कार्यान्वयन नगरेका कारण मानव अधिकार हननका घटना बढेको बताए ।

उनले आयोगको सिफारिसलाई सरकारले बेवास्ता गरेका कारण संसदीय समितिले चासो लिएर सरकारसँग जवाफ मागिदिन आग्रह गरे ।
अध्यक्ष मगरले कोभिड–१९ महामारीमा नागरिकको मानव अधिकार संरक्षण गर्न आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको पनि उल्लेख गरे ।

अध्यक्ष मगरले कोभिड–१९ महामारीको समयमा आम नागरिकको स्वास्थ्य सम्बन्धी हक र बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरिएको जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर