
कर्मा रेसिडेन्सीले महाराजगञ्जमा बनाउँदैछ भूकम्प प्रतिरोधी सुविधा सम्पन्न अपार्टमेण्ट


काठमाडौंको महाराजगञ्जमा भूकम्प प्रतिरोधी सुविधा सम्पन्न अपार्टमेण्ट बन्ने भएको छ । सुरक्षित र सुविधा सम्पन्न आवासीय सेवा उपलब्ध गराउने उद्देश्यले अपार्टमेण्ट निर्माण गर्न लागिएको कर्मा रेसिडेन्सी निर्माण टिमले जनाएको छ । व्यवसायी कर्मा तेन्जिङको लगानीमा निर्माण हुन लागेको अपार्टमेण्टहको काम अबको ३ वर्षमा सकिने जनाइएको छ ।
व्यवसायी तेन्जिङले सुरक्षा र बलियो भवनको पर्याय बन्ने गरेर अपार्टमेण्ट बनाउने बताए । उनले २०७२ सालको भूकम्पपछि बन्ने यो पहिलो भवन हुने दावी गरे ।
२.५ बीकेएच र ३.५ बीकेएच अपार्टमेण्ट रहने कर्मा रेसिडेन्समा प्राइभेट गार्डेनको समेत सुविधा उपलब्ध हुनेछ । उनले अपार्टमेण्टमा हरेक समयमा हट वाटर, निरन्तर विद्युतको सुविधा, २४० भन्दा बढी सवारी साधन पार्किङ स्पेस, हाइस्पिड इलेभेटर,स्वीमिङ पुल, जिम र साउना, जगिङ ट्रयाक, मेडिटेशन योगा डेक, बालबालिकाका लागि खेल्ने क्षेत्र, मन्दिरलगायतका सुविधा रहने बताए । भवन निर्माण सकिँदासम्म ६ अर्ब रुपैयाँ लागत पुग्नसक्ने अनुमान गरिएको छ ।
त्यस्तै निर्माणको जिम्मेवारी लिएका ए वान बिल्डर्सका अध्यक्ष भक्त लामाकाअनुसार करिक १२ रोपनी क्षेत्रफलमा फैलिने अपार्टमेण्टमा भवनले मात्रै ६ रोपनी जग्गा ओगट्ने बताए । नियमअनुसार ४० प्रतिशत अतिरिक्त जग्गा हुनुपर्नेमा यो भवनले ४२ प्रतिशत अतिरिक्त जग्गा छाड्ने उनको भनाइ छ । आरामदायी जीवनयापन गर्न सम्पूर्ण भौतिक सुविधाले अपार्टमेण्ट सम्पन्न हुने उनले बताए ।
अबको १८ महिनामा संरचना निर्माणको काम सकिने र बाँकी १८ महिनामा इन्टेरियर डिजाइनको काम पूरा गर्ने कर्माको योजना छ अपार्टमेण्ट तीन वटा बिल्डिङमा हुनेछ । प्रत्येक भवनमा २ तल्ला बेसमेण्टमा पार्किङ हुनेछ भने बाँकी १२ तल्लामा अपार्टमेण्ट र एक तल्लामा अन्य सुविधागरी १५ तल्लाको हुनेछ । भवनमा १६२ वटा अर्पाटमेण्टहरू हुनेछन् ।
- नेपाल एकीकरणजस्तै आर्थिक समृद्धिको अभियान पनि गोरखाबाटै सुरु गरौं : चन्द्र ढकाल
- कलाकार र समाजबीच दरार उत्पन्न भइरहेको छ : नीर शाह
- प्रचण्डविरुद्धका रिट निवेदकको प्रश्न- ५ हजार मान्छे मार्नेले देशको प्रधानमन्त्री बन्न मिल्छ ?
- नवलपरासीको रामग्राम नगरपालिकामा फोहोरको व्यवस्थापन भएन, दुर्गन्धले स्थानीय मारमा
प्रतिक्रिया