
माओवादी र एसलाई एमाले सचिव भट्टराईको आग्रहः गठबन्धन त्यागेर एकतामा आऊ


फाइल तस्वीर
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले काँग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नकेपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन् ।
मंगलवार अनेरास्ववियु केन्दी्रय कमिटी शैक्षिक विभागले आयोजना गरेको ‘राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एकतामा आउन आह्वान गरेका हुन् ।
उनले तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए । विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रूपमा छोडिदिएर बिर्सिनुपर्ने उनको भनाइ छ । विगतको कुरा गरेर अगाडि बढ्न नसकिने भन्दै उनले अगाडि जाने बारेमा मात्रै सोच्नुपर्ने बताए ।
भट्टराईले वर्तमान सत्तारूढ गठबन्धनलाई नर्ककुण्डको संज्ञा दिए ।
- शेयर बजारको ओरालो यात्रा : नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट
- आमनिर्वाचनमा सेवानिवृत्त सुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राख्न आयोगको सुझाव
- नागरिकता विधेयक प्रमाणीकरणमा जसपाको प्रश्न : राष्ट्रपति राष्ट्रको हुन्छ कि कुनै पार्टी विशेषको ?
- वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन हुन्छ : मन्त्री कुवँर
प्रतिक्रिया