सैनिक विशेष अदालत सेनाको मुख्यालयभित्र रहुन्जेल पीडित सैनिकले न्याय पाउँदैनन्ः सांसद गुरुङ

जनता समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले सैनिक विशेष अदालतलाई सेनाको मुख्यालय परिसर भन्दा बाहिर सार्न माग गरेकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद गुरुङले सैनिक विशेष अदालतमा विगत देखिकै धेरै मुद्दाहरू पेन्डिङमा रहेकाले सेनामा न्यायप्रति विश्वास घटेको बताइन् । उनले सैनिक विशेष अदालतको बेथिति र ढिलासुस्तीमाथि अनुगमन गर्न सरकारसमक्ष मागसमेत गरिन् ।

सैनिक विशेष अदालत सेनाको मुख्यालयभित्र रहुन्जेल पीडित सैनिकले न्याय नपाउने भएकाले यसलाई मुख्यालय परिसरबाट बाहिर सार्न सार्नुपर्ने उनको भनाइ छ ।

‘तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा सैनिक अदालतबाट पीडित भएका केही अधिकृतसहितको करिब २६ वटा मुद्दा पुनरावेदनका लागि सैनिक विशेष अदालतमा विगत दुई वर्षदेखि पेन्डिङमा रहेका कारण सेनामा न्यायप्रति विश्वास घटेको पाइन्छ,’ उनले भनिन्, ‘ढिला गरी न्याय दिनु भनेको न्याय नपाउनु सरह हो । हाल सेनामा देखिएका सैनिक विशेष अदालतको बेथिति, ढिलासुस्ती र निष्पक्ष न्यायमाथि रक्षा मन्त्रालय, कानून मन्त्रालय र राज्यव्यवस्था तथा सुशासन समितिबाट निरन्तर अनुगमन र मूल्यांकनको लागि सभामुख ज्यूमार्फत जोडदार माग गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *