एमालेमा राजा, महाराजाको गन्ध आएपछि नयाँ पार्टी खोलेको हुँः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फुटाएको बताएका छन् ।

बुधवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को स्कुल विभागले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नेकपा फुटाएपछिका दिनमा पनि पार्टीलाई एकतावद्ध गर्न नसकेको आरोप लगाए । उनले नेकपा एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको बताए ।

अध्यक्ष नेपालले ओलीले अहंता देखाएकै कारण अहिलेको अवस्था सिर्जना भइरहेको बताए ।

‘हामीले नेकपा एमाले कम्युनिष्ट पार्टी नरहेको थाहा पाएपछि हामी बाहिरियौँ । त्यसमा राजा महाराजाका गन्धहरू आए,’ नेपालले भने, ‘त्यसपछि सबै साथीहरुले नयाँ ढंगबाट जानुपर्ने कुरा राखेपछि नै हामी नयाँ पार्टी निर्माण गरेर आएका हौँ ।’

अध्यक्ष नेपालले गठबन्धको गीत बढी गाएका कारण स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेको पनि बताए । उनले गठबन्धनको भरोसा बढी गर्नाले र अरूको सहारामा बाँच्ने बानीले पार्टीलाई नोक्सान पुर्‍याएको बताए ।

अध्यक्ष नेपालले आफ्नै तयारीमा स्थानीय तहको निर्वाचन लडेको भए धेरै ठाउँमा चुनाव जित्ने दाबीसमेत गरे । अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा धेरै सिट ल्याउनका लागि तयरीमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरे ।  प्रत्यक्ष निर्वाचनमा आफ्नो पार्टीको सिट बढ्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर