नेप्से परिसूचक ४.८९ अंकले वृद्धि

पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचक बुधवार पनि सामान्य अंकले वृद्धि भएको छ । बुधवार नेप्से परिसूचक ४.८९ अंक बढेर २०५०.५९ बिन्दुमा पुगेको हो ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०६ अंक र सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले बढेको छ ।

बुधवार कारोबारमा आएमा २१५ कम्पनीको ४१ लाख ३३ हजार कित्ता शेयर १ अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार नेप्से परिसूचक झिनो अंकले बढेपनि कारोबार रकम भने गिरावट भएको छ ।

मंगलवार २ अर्ब २९ करोडको शेयर कारोबार भएको थियो । बुधवार नेप्सेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी र अन्य उपसमूहको परिसूचक बढेको छ भने बाँकी अन्य उपसमूहको परिसूचक घटेका छन् ।

नेप्से झिनो अंकले बढ्दा मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ५.६९ प्रतिशत बढेको छ । कर्णाली डेभलपमेण्ट बैंकको शेयरमूल्य ४.३५ प्रतिशत बढेको छ।

तर यता,लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य ६.३३ प्रतिशत घटेको छ भने इमर्जिङ्ग नेपालको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ । बुधवार शिवम सिमेन्ट्स कम्पनीको १६ करोड ४२ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर