सोधेका प्रश्नको जवाफ दिए, निचोड समितिले नै गर्लाः नेता जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र) का नेता एवं निर्वतमान अर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताएका छन् । बिहीवार समितिले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधका सबै प्रश्नको आफूले जवाफ दिएको बताएका हुन् ।

उनले आफूले समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको र यसको निचोड समितिले नै गर्ने बताए । समितिले तत्कालीन अर्थमन्त्री शर्मासँग बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधपुछ गरेको थियो ।

तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकमा यसबारे सोधपुछ भएको छ ।

समितिको बैठकमा निवर्तमान अर्थमन्त्री शर्मा उपस्थित भएर छलफलमा भाग लिएका थिए । उनले सहजतापूर्वक समितिको प्रश्नको जवाफ दिँदै अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिवद्धता समेत जनाए ।

तत्कालीन अर्थमन्त्री शर्मालाई २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।

समितिले बुधवारको बैठकमा अर्थमन्त्री र अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर