सिंगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिन्छः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाएका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताएका हुन् ।

उनले देशमा चियाको उत्पादन बढिरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे । सांसद खनालले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए ।

उनले राज्यले ध्यान नदिँदा चिया उत्पादकहरूले थुप्रै समस्या भोग्नुरेको बताए । खनालले तत्काल चियाका अक्शन सेन्टर खोल्नुपर्नेमा जोड दिए ।

उनले सिंगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिने उल्लेख गर्दै चिया उत्पादकलाई उचित मूल्य नदिने र संरक्षण नगर्ने हो भने उत्पादकले चियाका बोट नै उखेल्ने स्थिति सिर्जना हुने चेतावनी दिए ।

उनले चियाको बारेमा सरकारले अनुसन्धान र योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *