एक सातायता निरतन्तर बढेको नेप्से परिसूचकमा ५.८७ अंकको गिरावट

पछिल्लो एक साता निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचकमा बिहिबार सामान्य अंकले गिरावट आएको छ । बिहिबार नेप्से परिसूचक ५.८७ अंक घटेर २०४४.७२ बिन्दुमा झरेको हो ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ इण्डेक्स ०.५० अंकले गिरावट आएको छ ।
बिहिबार कारोबारमा आएका २२५ कम्पनीको ३९ लाख ८ हजार कित्ता शेयर १ अर्ब ६४ करोड २६ लाख ४८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

बुधबारको तुलनामा कारोबार रकम पनि गिरावट आएको छ । बुधबार १ अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

बिहिबार नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । जसमा अन्य उपसमूहको परिसूचक १.०९ प्रतिशत बढेको छ भने बैंकिङ उपसमूहको ०.१७ प्रतिशत बढेको छ ।

यता लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी गिरावट आएको छ ।
बिहिबार नेप्सेमा गिरावट आए पनि सेन्ट्रल फाइनान्सको शेयरमूल्य ३.१६ प्रतिशत बढेको छ । त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त, नेशनल माइक्रोफाइनान्स र गुराँस लघुवित्तको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ ।

यता किसान लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । बिहिबार कारोबारमा आएको शिवम् सिमेन्ट्स कम्पनीको १७ करोड ८० लाख १ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर