नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बन्योः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाएका छन् । बिहिबार काठमाडौंमा बसेको पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले सत्तारूढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा परेको दाबी गरे । उनले नेपालमा विदेशी चलखेल र प्रभाव दिनदिनै बढदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

अध्यक्ष लिङ्देनले विदेशीसामु प्रमुख दलहरूले अनुसरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको दाबी गरे । उनले प्रमुख राजनीतिक दलको लम्पसारवादका कारण देशमा अस्थिरता, भूराजनीतिक सन्तुलनको उत्पत्ति भएको बताए । अध्यक्ष लिङ्देनले सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको आरोप लगाए ।

अध्यक्ष लिङदेनले नेपाल आर्थिक संकटमा रहेको भन्दै यस्ता बेला नेपालमाथि अर्को संकट आइलाग्न सक्ने खतरा बताए । उनले सत्तासीन दलहरू कानमा तेल हालेर कुर्सी जोगाउने र सत्तामा टिकाइरहने अंक गणितमा व्यस्त रहेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर