‘एसपीपी लिन्नँ भनेर मन्त्रिपरिषद्ले निर्णय गरिसकेपछि के कारणले पत्राचार गर्न रोकियो ?’

नेकपा एकीकृत समाजवादीका सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको राष्ट्रियतामाथि विभिन्न खतरा मडारिरहेको बताएका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद खनालले एसपीपी लिन्नँ भनेर मन्त्रिपरिषद्ले निर्णय गरिसकेपछि के कारणले पत्राचार गर्न रोकियो? भन्दै प्रश्न गरे । उनले देशको क्याबिनेटभन्दा बाहिरतिर कतातिर कार्यकारी अधिकार छ ? प्रश्नमाथि प्रश्न गरे ।

सांसद खनालले एसपीपीको बारेमा अमेकिरालाई पत्र तत्काल लेखेर जनताको भावनाको कदर गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर