
सञ्चारकर्मीहरूले प्रलोभन, भय र दबाबमा नपरी निष्पक्ष पत्रकारिता गर्नुपर्छः प्रम देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण भुमिका खेल्न आवश्यक रहेको बताएका छन् ।
शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले आधुनिक प्रविधिको विकाससँगै सञ्चारमाध्यमले आफूलाई निरन्तर परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको बताए ।
प्रधानमन्त्री देउवाले नागरिकमा सूचना फैलाउने काम पत्रकारिता क्षेत्रले गरिरहेपछि मिथ्या सूचनाको जोखिम बढिरहेकाले संवेदनशील र उत्तरदायी भएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताए । प्रधानमन्त्री देउवाले प्रमाणमा आधारित सत्यतथ्य सूचना प्रवाह गरी लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमको आवश्यक्ता बताए ।
सञ्चारकर्मीहरूले कसैको प्रलोभन, भय र दबाबमा नआई निष्पक्ष ढंगबाट पत्रकारिता गर्नुपर्नेमा देउवाको जोड थियो ।
- नेपाल एकीकरणजस्तै आर्थिक समृद्धिको अभियान पनि गोरखाबाटै सुरु गरौं : चन्द्र ढकाल
- कलाकार र समाजबीच दरार उत्पन्न भइरहेको छ : नीर शाह
- प्रचण्डविरुद्धका रिट निवेदकको प्रश्न- ५ हजार मान्छे मार्नेले देशको प्रधानमन्त्री बन्न मिल्छ ?
- नवलपरासीको रामग्राम नगरपालिकामा फोहोरको व्यवस्थापन भएन, दुर्गन्धले स्थानीय मारमा
प्रतिक्रिया