बेलायतमा रहेका गोर्खा सैनिकहरूलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्छ: सांसद दाहाल

नेकपा (एमाले) का सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरूलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताएका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै सांसद दाहाले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरूलाई नेपाल र बेलायत दुवै देशको नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताएका हुन् ।

उनले नेपाली महिलासँग विवाह गरी नेपालमै १५ वर्षसम्म बसोबास गरेका नेपाली महिलाका श्रीमानलाई पनि अंगीकृत नागरिकता दिनसक्ने प्रावधान राख्नुपर्ने बताए ।

संशोधन प्रस्ताव राख्दै उनले भने, ‘नेपाल र बेलायतबीच भएको सन्धिअनुसार गोर्खा सेनाहरूको हकमा माथि उल्लेखित दफाहरू लागू हुने छैनन् । उनीहरूलाई दुवै देशको नागरिकता प्राप्त गर्न सक्ने सुविधा हुनेछ ।’

उनले वि.सं. २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नागरिकता प्राप्त गरेकाहरूलाई पनि हाल उनीहरूका दाजु, दिदीहरूले जसरी नै नागरिकता दिइनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *