सरकार नेपाललाई दक्षिण एशियामै प्रेस स्वतन्त्रताको अग्रणी देश स्थापित गर्न प्रतिबद्धः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले चाँडै नेपाल दक्षिण एशियामा सबल अर्थतन्त्र भएको मुलुकको रूपमा परिणत हुने बताएका छन् ।

शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले नेपाल श्रीलंकाको बाटोमा नगएको पनि बताए । उनले नेपालको अर्थतन्त्रमा केही समस्या रहे पनि श्रीलंका पथमा नेपाल नरहेको बताए ।मन्त्री कार्कीले आगामी १० वर्षमा नेपाललाई सबल अर्थतन्त्र भएको मुलुकको रूपमा परिणत गरेर अघि बढ्ने बताए ।

मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हकको रक्षा गर्नका निमित्त प्रतिबद्ध रहेको पनि बताए । उनले सरकार दक्षिण एशियामा नै प्रेस स्वतन्त्रताको अग्रणी देशको रूपमा नेपाललाई स्थापित गर्न प्रतिबद्ध रहेको बताए ।

फरक प्रसुंगमा मन्त्री कार्कीले एमसीसी पास गरेपछि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परिरहेको समेत दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *