बीपीलाई नेपालको संसदले सम्झिनुपर्छः मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले नेपाली कांग्रेसका संस्थापक तथा पूर्व सभापति बीपी कोइरालालाई नेपालको संसदले सम्झिनुपर्ने बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद रिजालले आज बीपी कोइरालाको स्मृति दिवस भएको र बीपी नेपालको पहिलो संसदको नेता भएकाले उनलाई संसदले स्मरण गर्नुपर्ने बताएका हुन् ।

बीपीले राजासँग लड्दा अथवा राजासँग मिलापको बाटो खोज्दा पनि नेपाली जनतालाई केन्द्रमा राखेको उनले बताए । सांसद रिजालले कोइरालाले नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लागेको स्मरण गरे ।

सांसद रिजालले बीपी कोइरालाका समकालीन नेताहरू सुवर्ण समशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूले समेत बीपी कोइरालालाई उच्च सम्मान गर्ने गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर