‘वामपन्थी र समाजवादी शक्तिहरूको एउटै मोर्चा बनाएर चुनावमा जाने छलफल भइरहेको छ’

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले वामपन्थी र समाजवादी शक्तिहरूको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्ने बताएका छन् ।

आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले देशका वामपन्थी र समाजवादी शक्तिहरूको एउटै मोर्चा बनाएर निर्वाचनमा जाने छलफल भइरहेको बताएका हुन् ।

उनले यस सम्बन्धमा दुई पटक छलफल भइसकेको र छलफलको क्रम जारी रहेको उल्लेख गरे । उनले देशको आवश्यकता वामपन्थी शक्तिहरू एकै ठाउँमा आउनु भए पनि कतिपपय समूह त्यसका निम्ति तयार नभएको बताए ।

खनालले तत्कालीन आवश्यकता पाँचदलीय गठबन्धनको भए पनि दीर्घकालीन आवश्यकता भने वाम एकता रहेको बताए । वाम एकताको सम्बन्धमा नेकपा (एमाले) सँग पनि कुराकानी चलेको भए पनि प्रभावकारी भने नभएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर