महिला अधिकारका लागि रचनात्मक आन्दोलन आवश्यक : मन्त्री भुसाल

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो अधिकार प्राप्त गर्न महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताएकी छन् ।

आइतबार काठमाडौंमा मनिषा आर्चायद्वारा लिखित ‘छोरी’ उपन्यास विमोचन कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले १७ प्रतिशत महिला अझै अधिकार पाउनबाट बञ्चित रहेको भन्दै महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताएकी हुन् ।

उनले संविधान र कानूनमा ३३ प्रतिशत महिला अधिकार भनिए पनि अझै १७ प्रतिशत महिला अधिकारबाट बञ्चित रहेको बताइन् । उनले अधिकार खोज्नु महिलाहरूको राजनीतिक रकानूनी अधिकार भएको दाबी गरिन् ।

मन्त्री भुसालले संविधान र कानूनले सम्पत्तिको हकमा महिला पुरुष दुवैलाई सम्मान अधिकार दिए पनि व्यवहारमा लागू नभएको जिकिर गरिन् । उनले मुलुकमा १० वर्षे जनयुद्ध लडेर गणतन्त्र ल्याएर देशमा राजा हटाएको भन्दै जन्मदै मालिक हुने छोरा, घरको मालिक हुने पुरुष र घरघरमा राजा र युवा राजा भन्ने अवस्था नभएको बताइन् ।

मन्त्री भुसालले पछिल्लो समय राज्य सञ्चालन युवाले गर्नुपर्ने कुरा आएको भन्दै राष्ट्रको नेतृत्व विचारले गर्नुपर्ने बताइन् । उनले नयाँ विचार भए युवा पुरुष महिला वा वृद्धा जसले गर्दा पनि फरक नपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर