सरकार प्रेस जगतको साथमा छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार मर्यादित प्रेस र अभिव्यक्ति स्वतन्त्रताको लागि पत्रकारहरूको साथमा रहेको बताएका छन् ।

सोमबार सूचना तथा प्रशारण विभागले सञ्चार मन्त्रालयमा आयोजना गरेको ज्येष्ठ पत्रकार वृत्ति वितरण तथा पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सरकार मर्यादित प्रेस, अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई अक्षुण राख्न पत्रकारहरूको साथमा रहेको बताएका हुन् ।
उनले सरकार प्रेस जगतको साथमा रहेको बताए । मन्त्री कार्कीले समाजलाई मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यवसायिक पत्रकारिता आवश्यक रहेको पनि उल्लेख गरे । उनले विश्वास आर्जन गर्ने पत्रकार जमातको आवश्यकता रहेको बताए ।

मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेसँगै नेपालमा खेर गइरहेको विद्युत भारतीय बजारमा प्रवेश गरेको बताए । अब भारतमा विद्युत बेचेबापत प्रतिमहिना २ अर्ब रुपैयाँ प्राप्त गर्ने उनले बताए ।

आगामी दिनमा १५ हजार मेगावाट विद्युत भारतीय बजारमार्फत अन्य बजारमा पुर्‍याउन सकेमा प्रतिमहिना २ खर्ब रुपैयाँ आर्जन हुनसक्ने उनको भनाइ छ ।
‘हामीसँग सम्भावनाहरू पनि त्यत्तिकै छन् । चुनौतीहरू पनि त्यत्तिकै छन्,’ मन्त्री कार्कीले भने, ‘ हामी सबै मिलेर अहिलेका चुनौतीहरूसँग सामना गर्नसक्यौं भनेदेखि दश वर्ष भित्रमा यो देशलाई एशियाको धनी देशको रूपमा विकसित गर्न सक्छौं ।’

उनले पत्रकारहरूलाई जीवनको उत्तराद्र्धमा सरकार आफ्नो साथमा छ भन्ने अनुभूति गराउन सकिएमा पत्रकारिता निर्भीकताका साथ अगाडि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर