बजेट प्रकरण

संसदीय छानबिन समितिको बैठक बस्दै, फरेन्सिक रिपोर्टबारे ल्याबका विज्ञसँग छलफल हुने

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको विशेष संसदीय समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्टको प्राविधिक विषयमा फरेन्सिक ल्याबका विज्ञहरूसँग छलफल गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रहरीको फरेन्सिक ल्याबको रिपोर्टबारे ल्याबका विज्ञहरूसँगबाटै जानकारी लिन लागेको हो ।

बैठकपछि समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबबाट आएको रिपोर्टको प्राविधिक अध्ययन गर्नुपर्ने देखिएको बताए । उनले फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट प्राविधिक भएकाले ल्याबका विज्ञसँग छलफल गरेर अप अध्ययन गर्न मंगलबार दिउँसो ४ बजेको बैठकमा विज्ञलाई आमन्त्रण गरिएको बताए ।

सचिव अर्यालले ल्याबका प्राविधिकहरूसँग बसेर समितिले छलफल गरेपछि मात्रै अन्य थप जानकारी दिन सकिने बताए ।

समितिले अर्थ मन्त्रालयले अर्थ मन्त्रालयको असार १३ र १४ गतेको सीसीटीभी डिलिट भएको जानकारी गराउँदै मन्त्रालयको सीसीटीभीको हार्डडिस्क नै समितिलाई दिएको थियो ।

समितिले डिलिट भएको सीसीटीभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । फरेन्सिक ल्याबले सोमबार समितिलाई हार्डडिस्क फिर्ता गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर