कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका छन् ।

प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको बताए । उनले गठबन्धनका अन्य दलहरूले सबै कुरा आफूहरू नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै कांग्रेस नेपालको पुरानो, ठूलो र स्थानीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको स्मरण गराए ।
नेता कोइरालाले सबैलाई समेटेर हिँड्ने कांग्रेसको सोच रहेको स्पष्ट पारे ।

उनले सहमति, सहकार्य र एकताको भावनाले अगाडि बढेमात्रै कांग्रेसको भविष्य उज्ज्वल हुने तर्क गरे ।

नागरिकता विधेयक संसदबाट पारित भएसँगै मधेशमा धेरै जनताहरूमा खुशी छाएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *