नेपाल–बंगलादेश जलस्रोत समितिको बैठक काठमाडौंमा सुरु, जलस्रोतको उपयोग तथा बाढी नियन्त्रण मुख्य एजेण्डा

नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौँमा सुरु भएको छ ।

झन्डै १५ वर्षपछि नेपाल र बंगलादेशबीच जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बसेको हो ।

अघिल्लो बैठक सन् २००८ को फेबु्रअरी २६ देखि २९ सम्म भएको थियो ।

दुई दिन चल्ने बैठकमा जलस्रोतको उपयोग तथा बाढी नियन्त्रणसम्बन्धी मुख्य एजेण्डामा छलफल हुने बताइएको छ ।

बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर राई तथा बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले प्रतिनिधित्व गरेका छन् ।

बैठकमा जलवायु परिवर्तनको मुद्दा एवं जल तथा मौसमसम्बन्धी तथ्यांकहरूको आदानप्रदानका विषयमा पनि छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *