नागरिकता विधेयकले संगठित अपराध बढाउँछ : खिमलाल देवकोटा

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नागरिकतासम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा संगठित अपराध बढ्ने बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ माथिको दफावार छलफलमा बोल्दै सांसद देवकोटाले विधेयकमा वैवाहिक अंगीकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताए ।

उनले भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्षसम्म कुर्दा केही नबोल्ने नेपालीले विदेशी बुहारीलाई नागरिकता दिन भने ६ महिना पनि कुर्न नसकेको टिप्पणी गरे ।

उनले यो प्रावधानले नेपालमा संगठित किसिमको अपराध बढ्ने बताए ।

सांसद देवकोटाले ‘३ करोड पनि जनसंख्या नभएको नेपालमा ३०० करोड जनसंख्या भएको चीन र भारतको जनसंख्याको सानो अंश यता, उता गर्दा नेपालको हालत के होला ?’ भन्दै प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *