उद्योग वाणिज्य महासंघको भिजन पेपर–२०३० सँग सरकारले आउँदो हप्ता सम्झौता गर्छ : मन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल उद्योग वाणिज्य महासंघको भिजन पेपर–२०३० सँग सरकारले सम्झौता गर्ने बताएका छन् ।

शुक्रबार २८ औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् ।

उनले उद्योग वाणिज्य महासंघले निकालेको भिजन पेपर–२०३० ले औंल्याएका केही विषयहरूमा सरकारले आगामी हप्ता सम्झौता गर्ने तयारीमा रहेको बताए । मन्त्री बडूले नेपालको लजिष्ट्रिक नीति अन्तिम चरणमा पुगेको बताए ।

उनले सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको लागि नीतिगत क्षेत्रमा समेत निरन्तर काम गरिरहेको बताए । मन्त्री बडूले मल्टिमोडल ट्रान्सफर याक्टको समयसापेक्ष संशोधन तथा नियमावली तत्काल जारी गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै कार्यक्रममा उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले छिट्टै लजिष्ट्रिक नीति कार्यान्वयनमा ल्याउने चरणमा पुगेको बताए । उनले मन्त्रालयले व्यापार सहजीकरणको लागि अन्य पूर्वाधार निर्माणको कााम पनि गरिरहेको बताए ।

सचिव पोखरेलले चालु आर्थिक वर्षमा उत्पादन बढाएर निर्यात गर्नको लागि सरकारले प्रधानमन्त्री नेपाली उत्पादन अभिवृद्धि र फार्म टु फ्याक्ट्री कार्यक्रम ल्याएकाले कार्गो व्यवसायीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने बताए ।

सचिव पोखरेलले सरकारले व्यापार सहजीकरण गर्न निर्माण गरेका पूर्वाधारहरूका विषयमा सरकार समीक्षा गर्न तयार रहेको भन्दै तयार भएका पूर्वाधारहरूको पूर्ण प्रयोग गर्न व्यवसायीहरूलाई आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर