‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रम कार्यान्वयनको अन्तिम चरणमा

सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रम कार्यान्वयनमा लागि अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन वृद्धि गरी मुलुकको निर्यात व्यापार बढाउनका लागि सो कार्यक्रमको मोडालिटी तयार गरी कार्यान्वयनको चरणमा प्रवेश गराइएको बताएका हुन् ।

नेपाल व्यापार संघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो कार्यक्रम समय सान्दर्भिक भएको उल्लेख गर्दै यसको प्रभवकारी कार्यान्वयनका लागि निजी क्षेत्र, स्वदेशी पूँजी र बाह्य पूँजीको लगानीबारे सम्बन्धित क्षेत्रसँग छलफल भइरहेको पनि बताए ।

सरकारले चलाइरहेका उद्योगहरू पनि बन्द रहेको अवस्थाको चित्रण गर्दै मन्त्री बडूले त्यस्ता उद्योगहरूको पनि सञ्चालनका लागि सरकारले उद्योगमैत्री वातावरण निर्माण गरिरहेको दाबीसमेत गरे ।

उनले सरकार र निजी क्षेत्र मिलेर अघि नबढने हो भने फेरि पनि चिन्ता गरेर बस्नुको विकल्प नहुने बताए ।

मन्त्री बडूले सरकारले सञ्चालन गरिरहेको उद्योगधन्दा र औद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न पनि निजी क्षेत्रको सहकार्य अति जरुरी रहेको बताए । उनले निर्यात बढाउने कामका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर