चिनी मिलको समस्या तत्काल समाधान गर्न निर्देशन

संसदीय समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरोकारवाला मन्त्रालय र सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

सम्बन्धित मजदुर, उखु किसान र चिनी मिलका प्रतिनिधिसमेत राखेर सम्बन्धित मन्त्रालयसँग समन्वय गरी चिनी मिलमा देखिएका समस्या समाधान गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरूले चिनी मिलको समस्या तत्काल समाधान गर्न सरकारलाई दवाव दिएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद सरिताकुमारी गिरीले चिनी मिलमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाइन् । उनले उखुको मूल्य निर्धारण गर्दा सरकारले उखु किसानको प्रतिनिधित्व नगराएकोमा पनि आपत्ति जनाइन् ।

समितिका अर्का सदस्य लालप्रसाद साँवा लिम्बुले पनि चिनी मिल बन्द हुन नदिन सरकार गम्भीर हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर