युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालो सूचीबाट हटाउँछ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालो सूचीबाट हटाउने बताएका छन् ।

आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’मा बोल्दै मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई युरोपियन युनियनले कालो सूचीबाट हटाउने बताएका हुन् ।

उनले आईकाओले गरेको अडिटअनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको बताए । उनले सम्बन्धित पक्षले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछौं भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने बताए ।

उनले भैरहवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरिने बताए । त्यसका लागि नयाँ विमानहरूलाई आकर्षित गर्ने र सुविधाहरू दिइने उनको भनाइ छ । त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जहाजहरू बढाएर पूर्ण रूपमा सञ्चालन गरिने उल्लेख गरे ।

मन्त्री श्रेष्ठले विमानस्थललाई समृद्ध बनाउनु आवश्यक रहेको बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाइने स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *