तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सीसीटीभी फुटेज गायब पारियो : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारूढ दलका सांसदहरूले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको जिकिरसमेत गरे ।

साउन १५ (खीर खाने दिन)को अवसर पारेर पार्टी केन्दी्रय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नै गायब गरिएको दाबीसमेत गरे ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाइवालेलाई जनैपूर्णिमाको दिन राखी बाँधिदिएकोतर्फ संकेत गर्दै त्यसमा पनि राजनीति भइरहेको बताए ।

ओलीले हाम्रा चाडपर्वहरूले सामाजिक सुसम्बन्धलाई बलियो बनाएको पनि स्पष्ट पारे । अध्यक्ष ओलीले हाम्रा चाडपर्वहरूले नातागोतामा टुटेको सम्बन्धलाई पनि जोड्ने काम गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर