महँगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको भन्दै सोमबार एमालेले काठमाडौंको वसन्तपुरमा विरोध प्रदर्शन गरेको हो ।

जनप्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) विशेष प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय संगठन, सांसदहरू, पार्टीको केन्द्रिय विभागको सहभागिता रहेको थियो ।

प्रदर्शनमा उत्रिएकाहरूले विभिन्न ब्यानर, ग्याँस सिलिण्डर बोकेर विरोध जनाएका छन् ।

प्रदर्शनकारीहरूले परमादेशी सरकार मुर्दावाद, परमादेशी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन, भ्रष्टाचार नियन्त्रण गर्, भ्रष्टाचारीलाई कारबाही गर्लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर