
‘वैदेशिक रोजगारीमा जानुअघि सम्झौता गर्ने र हवाइजहाज चढेपछि सम्झौता च्यात्ने प्रवृत्तिले नेपाली मजदुर ठगिएका छन्’


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउने बताएका छन् ।
सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रमसम्बन्धी समस्याका विषयमा गरेको छलफलमा मन्त्री कुँवरले यस्तो बताएका हुन् ।
उनले सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमीकहरूको सुरक्षा, पारिश्रमिक र काम गर्न जाने देशको कानून श्रमिकको हितमा भएरनभएको अध्ययन गरेर श्रम सम्झौता गर्ने वातावरण बनाउनुपर्ने बताए ।
मन्त्री कुँवरले नेपालले सबैभन्दा पहिला शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उद्यमसँग र उद्यमलाई रोजगारीसँग जोड्नसके मात्रै श्रम क्षेत्रलाई व्यवस्थित गर्नसक्ने दाबी गरे । उनले नेपाली श्रमिक विदेशमा कुनै सीप क्षमताबिना वैदेशिक रोजगारीमा गइरहेको भन्दै वैदेशिक रोजगारीमा जाने नेपालीले सीप र क्षमता विकास गर्न आवश्यक रहेको बताए ।
मन्त्री कुँवरले वैदेशिक रोजगारीमा जानुभन्दा पहिला तलब सुविधामा सम्झौता गर्ने र हवाइजहाज चढेपछि सम्झौता च्यात्ने प्रवृत्तिले नेपाली मजदुर ठगिएको भन्दै सरकारले त्यस्तो कार्य रोक्ने बताए । उनले सरकारले वैदेशिक रोजागारमा जाने मजदुरको श्रमलाई मर्यादित बनाउने बताए ।
मन्त्री कुँवरले नेपालको वैदेशिक रोजगारीमा जाने प्रक्रिया लामो भएको गुनासो आएकाले लामो प्रक्रियालाई सहज बनाउन मन्त्रालय समयानुकूल ऐन कानूनहरू परिमार्जन गर्ने तयारीमा रहेको बताए ।
- गठबन्धनले जति प्रयास गरे पनि एमालेलाई बहुमत ल्याउनबाट रोक्न सक्दैन : ओली
- शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार हुँदैन : मन्त्री पौडेल
- संस्थापक पक्षले टिकट वितरणमा मनपरी गरे त्यसकाे परिणाम गम्भीर हुन्छ : अर्जुननरसिंह केसी
- सरकारले प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम नगरे स्वास्थ्य बीमा थेग्न सक्दैन : गगन थापा
प्रतिक्रिया