नेविसंघको नाम विबिसंघ राखौं : यज्ञराज सुनुवार

नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) को नाम परिवर्तन गरी (विबिसंघ) राख्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल विद्यार्थी संघको नाम परिवर्तन गरी विश्वविद्यालय बिगार्ने संघ राख्न आग्रह गरेका हुन् ।

उनले नेविसंघकै कारण अहिले त्रिभुवन विश्वविद्यालयको दुर्दशा भइरहेको भन्दै शिक्षा ग्रहण गर्ने ठाउँमा जुन समयमा पनि तालाबन्दी भइरहेको बताए । उनले तालाबन्दी गर्ने मानिसहरू कुनै विद्यार्थी संगठनहरू नभइ नेविसंघको पहलमा बाहिरबाट भइरहेको आएको आरोप लगाए ।

सांसद सुनुवारले साउन १३ गतेबाट विश्वविद्यालय पुनः अस्तव्यस्त बनेको भन्दै विश्वविद्यालयलाई अराजकताको केन्द्रका रूपमा पु¥याइएको बताए ।

सांसद सुनुवारले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू अहिले ४० माथिका भएको भन्दै पाका विद्यार्थी थुपारेर प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टीले विश्वविद्यालय अस्तव्यस्त बनाएको बताए । उनले अहिले विश्वविद्यालयमा बाइ द क्रिमिनल, फर द क्रिमिनल, अफ द त्रिमिनल भन्ने नारा घन्कन थालेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर