
सत्ता र विपक्षमा रहँदा एउटै शब्द उच्चारण हुने शपथ ग्रहणसम्बन्धी विधेयक ल्याउन माग


सत्तासीन दल नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले सत्तामा र विपक्षमा रहँदा पनि एउटै शब्द उच्चारण हुने किसिमको शपथ ग्रहणसम्बन्धी विधेयक ल्याउन माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले यस्तो माग राखेका हुन् ।
उनले प्रमुुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानले भनेको कुरालाई नै मान्य र लागू हुने गरेर शपथ ग्रहणको विधेयक ल्याउन आवश्यक रहेको बताए ।
उनले पूर्वप्रधानमन्त्री ओलीले शपथ लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेका कुराहरूको नै उच्चारण नगरेको भन्दै संसद्बाटै एउटै शब्द उच्चारण हुने गरेर विधेयक पास गर्नुपर्ने बताए । उनले शपथ मान्छेको नैतिकता र संस्कारसँग सम्बन्धित रहेकाले हाँस्यव्यंग्यको पात्र नबन्ने गरेर विधेयक ल्याउन आग्रह गरे ।
सांसद महतले आफू हाँस्यव्यंग्यको पात्र नबन्ने गरेर संसदबाट नै एउटै शब्दावली उच्चारण हुने शपथ ग्रहणसम्बन्धी विधेयक आवश्यक रहेको उल्लेख गरे ।
- शेयर बजारको ओरालो यात्रा : नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट
- आमनिर्वाचनमा सेवानिवृत्त सुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राख्न आयोगको सुझाव
- नागरिकता विधेयक प्रमाणीकरणमा जसपाको प्रश्न : राष्ट्रपति राष्ट्रको हुन्छ कि कुनै पार्टी विशेषको ?
- वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन हुन्छ : मन्त्री कुवँर
प्रतिक्रिया