नेप्से परिसूचकमा २.७६ अंकको गिरावट

पछिल्लो समय लगातार रूपमा बढ्दै आएको नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । मंगलबार नेप्से सूचक २.७६ अंकले घटेर २१९३.४८ बिन्दुमा झरेको हो ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स शून्य अंकले घटेको छ भने फ्लोटइ इण्डेक्स ०.०१ अंकले घटेको छ । तर, सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.१३ अंकले बढेको छ ।

मंगलबार कारोबारमा आएका २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरमा कारोबार भएको छ । नेप्सेका १३ उपसमूहमध्ये ७ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ भने ६ वटा उपसमूहको सूचक वृद्धि भएको छ । जसमा फाइनान्स, हाइड्रोपावर र व्यापार उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

मंगलबार नेप्सेमा सामान्य गिरावट आएपनि विन्द्यवासिनी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । सामलिङ पावरको ९.९८ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको छ ।

यता राष्ट्रउत्थान लघुवित्तको शेयरमूल्य ४.२४ प्रतिशतले घटेको छ । मंगलबार शिवम् सिमेण्टको सबैभन्दा धेरै २९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *