यही अधिवेशनमा निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग अघि बढ्छ : उपसभामुख

उपसभामुख पुष्पा भुसाल गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग संसद्को यही अधिवेशनमा अघि बढ्ने बताएकी छन् ।

उनले महाभियोगको विषयलाई संसद्बाट नै विशेष छलफल गरेर अघि बढ्न आवश्यक रहेको बताइन् ।

उनले प्रतिनिधिसभाको आगामी बैठकमा महाभियोगको कार्यसूची राख्ने र संसद्मा छलफल गरी संसद्बाट प्राप्त सुझाव महाभियोग समितिमा पठाउने बताइन् । उपसभामुख भुसालले संसद्बाट प्राप्त सुझावका आधारमा निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग अघि बढाउन आवश्यक रहेको बताइन् ।

जबराविरुद्धको महाभियोगका लागि समिति गठन भइसकेको भन्दै उनले समितिले आफ्नो काम सुरु गर्नुपूर्व नै संसद्मा यसमाथि छलफल गर्न आवश्यक रहेको बताइन् । उनले संसद्मा प्राप्त सुझावलाई समितिमा पठाउनका लागि पनि महाभियोगलाई कार्यसूचीमा राखेर छलफल गर्न आवश्यक रहेको बताइन् ।

उनले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग समितिबाट जति चाँडो संसद्मा आउँछ त्यति नै छिटो यो विषयको टुंगो लाग्ने बताइन् ।

उपसभामुख गौतमले आगामी निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिनसम्म संसद्को आयू रहने बताइन् । उनले संविधानले सभामुख र उपसभामुखको मात्रै म्यादको कुरा गरेकाले सभामुख र उपसभामुख संसद्बाटै उत्पत्ति हुने भएकाले सोहीअनुसार नै संसद्को आयू रहने बताइन् ।

उनले आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म मात्रै संसद्को अवधि रहने भन्दै सबै सांसद र संसद्को लागि यसले आगामी दिनमा नजिर बसाल्ने बताइन् ।

उपसभामुख भुसालले सबै सांसद र संसद्को लागि एकै किसिमको नियम हुनुपर्ने कुरामा छलफल र बहस भइरहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *