नेपाल ‘एक चीन नीति’मा उभिनुपर्छ : नेकपा

नेपालका कम्युनिष्ट पार्टीहरूले ‘एक चीन नीति’मा नेपाल उभिनुपर्ने धारणा राखेका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कम्युनिष्ट पार्टीका वक्ताहरुले नेपाल एक चीन नीतिमा अडिग रहनुपर्ने बताएका हुन् ।

अमेरिकाको संसद्की सभामुख न्यान्सी पेलोसीले बुधबार ताइवानको भ्रमण गरेको विषयलाई नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरूले अमेरिकाको यो भ्रमण एक चीन नीति विपरीत भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले अमेरिकाले चीनिविरोधी गतिविधिहरू गरेको यो पहिलोपटक नभएको बताए । उनले अमेरिकी संसद्को सभामुखले ताइवानको प्रमुख शहर ताइपेईको भ्रमण गर्नु एक चीन नीतिविरुद्ध भएको भन्दै नेपालले एक चीन नीतिको पक्षमा रहनुपर्ने बताए ।

अध्यक्ष सुवेदीले नेपाल कम्युनिष्ट पार्टीले नेपालमा जबसम्म सामन्तवाद र साम्राज्यवाद रहन्छ तबसम्म विकास सम्भव नहुने उल्लेख गर्दै आएको भन्दै अमेरिकाले आईपीएस र एमसीसीलगायतका कार्यक्रम अघि सारेर चीनविरुद्ध गतिविधि गरिरहेको बताए । उनले अमेरिका–चीनको बढ्दो शक्ति देखेर आत्तिएको भन्दै विभिन्न राष्ट्रमा घुसेर चीनिविरुद्धका गतिविधि गरिहरेको बताए ।

त्यस्तै नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपाललाई अमेरिकी सैन्य अखडा बनाउन नदिने र नेपालबाट चीनविरोधी गतिविधि गर्न नदिने कुरामा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध रहेको बताए । उनले चीनलाई घेर्ने अमेरिकी रणनीतिलाई सफल गर्न नदिने पक्षमा आफू रहेको बताए ।

अध्यक्ष कट्टेलले नेकपा एक चीन नीतिको पक्षमा आफूलाई दृढताका साथ अघि बढाउने स्पष्ट पारे । उनले अहिलेको सरकारका वर्ष दिनका गतिविधिले इण्डो अमेरिकी हितमा समर्पित भएको संकेत गरेको आरोप लगाए । उनले सरकार नेपालको हितलाई छोडेर शक्तिको हितमा समर्पित रहेको बताए ।

अध्यक्ष कट्टेलले प्रशान्त क्षेत्रीय रणनीति अन्तर्गतको हेड क्वार्टर नेपाललाई बनाउन नुवाकोट र पाल्पामा ठूलो मात्रामा जमिन किन्न लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर