एसपीपीसम्बन्धी कागजात उपलब्ध नगराएर सरकारले मिनी संसद्को अवहेलना गर्‍यो : सांसद पौडेल

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सरकारले मिनी संसद्काे अवहेलना गरेको आरोप लगाएकी छन् ।

बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनलें सरकारले संसदीय समितिले माग गरेका एसपीपीसम्बन्धी डकुमेण्ट उपलब्ध नगराउनु मिनी संसद्को दुरुपयोग भएको जिकिर गरिन् ।

सांसद पौडेलले समितिले निर्देशन गरेका कुरा बिनाअर्थ नै बंग्याउन नहुने भन्दै सरकारले एसपीपीसम्बन्धी कुनै कार्यक्रममा सहभागी नहुने भनेर बोलिसक्दा पनि सेनाप्रमुख एसपीपीको कार्यक्रममा उपस्थित हुनु गलत भएको बताइन् ।

सांसद पौडेलले सरकार एसपीपीमा स्पष्ट हुनु आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *